‘संविधानबमोजिम अहिले सभामुखको कुनै भूमिका छैन’

11.9K
shares
Nabil bank

संविधानविद्ले संविधानविपरीतका काम नगर्न सभामुख अग्निप्रसाद सापकोटालाई सुझाव दिएका छन्। सभामुखले प्रतिनिधिसभा विघटनका विषयमा बिहीबार संविधानविद् र कानुनविद्सँग छलफल गरेका थिए। छलफलमा सहभागी विज्ञले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कुल्चिए भन्दैमा अरूले पनि त्यसै गर्ने हो भने संविधानको औचित्य नै समाप्त हुने बताएका थिए।

 

संविधानविद् डा. भीमार्जुन आचार्यले संविधानबमोजिम अहिले सभामुखको कुनै भूमिका नभएको बताए। राष्ट्रपतिले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा दाबी पेस गर्न आह्वान गर्दा नै विपक्षी दलले त्यस कदमको विरोध गर्नुपर्नेमा खुरुखुरु सहभागी भएकाले अहिलेको जटिल समस्या आएको आचार्यको तर्क थियो।

 

उनले संविधानमै नभएको विश्वासको मत लिन अधिवेशन बोलाउने काम हुँदा पनि नबोलेको, प्रधानमन्त्रीले राजीनामा नगरीकन वा पदमुक्त नभईकन धारा ७६ (५) मा प्रवेश गरेर सरकार गठनका लागि आह्वान गर्दा नै राष्ट्रपतिलाई महाअभियोग लगाउन नसकेको र सभामुख पनि मुकदर्शक बनेर बसेको बताए।

 

यो समाचार आजको नागरिक दैनिकमा छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x