आजको मौसम कस्तो छ थाहा पाउनुहोस्

1K
shares

काठमाडौं। आज कोशी र लुम्बिनी प्रदेशका पूर्वी भेगमा आंशिकदेखि साधारणतया बदली रही देशका बाँकी भेगको मौसम मुख्यतया सफा रहेको छ ।

 

आज दिउँसो कोशी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

राति कोशीलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ ।

देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव छ । साथै कोशी प्रदेशमा बंगालको खाडीमा विकसित चक्रवात ‘दाना’को आंशिक प्रभावसमेत रहेको छ ।

civil hospital
Hams Hospitals