आजको मौसम कस्तो छ थाहा पाउनुहोस्

1.1K
shares

काठमाडौँ । बागमती प्रदेश र कोशी प्रदेशको केही पहाडी भू-भागमा आज हल्का वर्षा भएको छ ।

 

मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् शान्ति कँडेलका अनुसार सोमबार विशेष गरी बागमती, कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थान, बाँकी पहाडी भू-भागको थोरै स्थान तथा तराईका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

 

हल्का वर्षा हुने भएकाले यसबाट खासै प्रभाव नपर्ने वरिष्ठ मौसमविद् कँडेलले उल्लेख गरिन् । मंगलबारदेखि क्रमिकरुपमा मौसममा सुधार हुँदै जाने उनले जानकारी दिइन् ।

civil hospital
Hams Hospitals