यी बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो हेर्नुहोस्

19.5K
shares
Nabil bank

काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १.८८ अंकले घटेर २६७५.५१ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२० कम्पनीको १ करोड १६ लाख ८६९ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २२ करोड रुपैयाँ माथिको कारोबार भएको छ ।

नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ५ वटा समूहमा मात्रै हरियाली छाएको छ भने ८ वटा उपसूचक राताम्य भएका छन् । बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा समूह ०.१३ प्रतिशत र निर्जीवन बीमा समूह ०.८७ प्रतिशतले घटेको छ । आज ८ वटा बीमा कम्पनीको मात्रै सेयरभाउ बढेको छ । सर्वाधिक कमाउने वा सेयरभाउ बढ्ने कम्पनीमा सिटिजन लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ २.६१ प्रतिशतले घटेर ६८१.३० रुपैैयाँ पुगेको छ ।

 

त्यस्तै, आइएमई लाइफको १.१९ प्रतिशत, एशियन लाइफको १.०९ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.६० प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.६० प्रतिशत, नेको इन्स्योरेन्सको ०.३२ प्रतिशत, नेशनल लाइफको ०.१६ प्रतिशत र सन नेपाल लाइफको ०.०२ प्रतिशतले सेयरभाउ बढेको छ । यसका साथै आज सर्वाधिक गुमाउने बीमा कम्पनीमा भने सिद्धार्थ प्रिमियर इन्योरेन्स रहेको छ ।

कम्पनीको सेयरभाउ २.२५ प्रतिशतले घटेर ८७० रुपैयाँ कायम भएको छ । त्यस्तै, युनाइटेड अजोडको २.०९ प्रतिशत, एनएलजी इन्स्योरेन्सको १.६६ प्रतिशत, एलआइसी नेपालको १.५० प्रतिशत, शिखर इन्स्योरेन्सको १.४० प्रतिशत, सानिमा रिलायन्स लाइफको १.१० प्रतिशत, हिमालयन एरभेष्टको ०.९४ प्रतिशत, नेपाल लाइफको ०.७१ प्रतिशत, आरबीसीएलको ०.७० प्रतिशत, सानिमा जिआइसीको ०.६६ प्रतिशत, सुर्यज्योति लाइफको ०.४५ प्रतिशत, हिमालयन लाइफको ०.४१ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.३८ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.३२ प्रतिशत, आइजीआई प्रुडेन्सियलको ०.१५ प्रतिशत, नेपाल रि को ०.१३ प्रतिशत र हिमालयन रि को ०.१० प्रतिशतले सेयरभाउ घटेको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x