सुनको मूल्य बढ्यो हेर्नुहोस कति पुग्यो आज
वि.सं.२०८१ मंसिर २० बिहीवार
1.1K
shares
shares
काठमाडौँ । स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज छापावाल सुन तोलामा तीन सय रुपैयाँले बढेर एक लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार सुन प्रतितोला एक लाख ५० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँ बढेर प्रतितोला एक हजार ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।




























