मुद्दा जिताइदिने भन्दै १० लाख घुस लिएको आरोप
वि.सं.२०८१ पुस २० शनिवार
shares
काठमाडौं । सर्वोच्च अदालतका एक कर्मचारीले १० लाख रुपैयाँ घुस लिएको आरोप लागेको छ ।मुद्दा जिताइदिने सर्वोच्चका कर्मचारी पुष्कर थापाले १० लाख रुपैयाँ घुस लिएको ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिका निवासी सुशीला निरौलाले आरोप लगाएकी हुन् ।निरौलालेले सर्वोच्च अदालत र विभिन्न कर्मचारी संगठनलाई लेखेको पत्रमा आफ्नो दिवंगत पतिको नाममा चलेको मुद्दा जिताइदिने वाचासहित ती कर्मचारिले घुस लिएको दाबी गरेकी छिन् ।‘मेरा पति स्वर्गी श्री नारदप्रसाद गौतमसमेतको मुद्दाबारे सर्वोच्च अदालतमा कारबाही चलिरहेको अवस्थामा जिताइदिन्छु भन त्यस सेवामा काम गर्ने पुष्कर थापा नामका एक कर्मचारीले म निवेदकबाटमार्फत् अक्षरेपी दश लाख रुपैयाँ फिर्ता दिलाई पाउन फर्मको प्रतिलिपिहरू यसै साथ संलग्न राखेर पठाएकी छु,’ उनले निवेदनमा भनेकी छन् ।
थापाले आफूसँग मागेको रकम २०७० साल असार ३० गते चार पटक गरी आइएमई मार्फत दिएको दाबी गरेकी छन् । जसमा उनले रकम पठाएको आइएमई नम्बर समेत निवेदनमा राखेकी छन् ।पैसा लिँदा थापाले ‘मुद्दा जिताइदिन्छु, हारे फिर्ता दिन्छु’ भनेको तर, मुद्दा हारेपछि पनि सम्पर्कमा नआएको सुशीलाले पत्रमा लेखेकी छन् ।
यस विषयमा केही कर्मचारी संगठनहरूले थापालाई सोधपुछ गरेको बताइएको छ । थापा सर्वोच्चको फैसला कार्यान्वयन शाखामा कार्यरत छन्।



























