फेरि पक्राउ परे निकोलस भुसाल

16.8K
shares
Nabil bank

 

कास्की । डा. निकोलस भुसाललाई प्रहरीले फेरि पक्राउ गरेको छ । हिरासतमा रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको तस्बिर खिचेर सार्वजनिक गरेको आरोपमा कास्की प्रहरीले भुसाललाई फेरि पक्राउ गरेको हो ।गत पुस ८ गते प्रहरीले उनलाई पहिलोपटक पक्राउ गरेको थियो । सोही दिन विद्युतीय अपराधको मुद्धामा उनलाई म्याद थपका लागि अदालत समेत लगिएको थियो । तर उक्त दिन म्याद थप गर्न अदालतले इन्कार गरेको थियो ।

त्यतिबेला न्यायाधीश नारायण दाहालको इजलासले हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थिएन । अदालतले आदेश नदिएपछि भुसाललाई हिरासतबाहिरै राखेर अनुसन्धान गर्ने गरी छोडिएको थियो ।तर भुसाललाई कास्की प्रहरीले फेरि अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो । उनी हाल हिरासतमा रहेको कास्की प्रहरीले जनाएको छ । भुसाललाई शुक्रबार अदालतमा पेस गर्ने र बयान गराउने प्रहरीको तयारी छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x