सुनको मूल्यमा नयाँ रेकर्ड, हेर्नुहोस् कति पुग्यो आज

1.4K
shares

काठमाडौँ । स्थानीय बजारमा मंगलबार सुनको मूल्य बढेको छ । आज सुन तोलामा पाँच सय रुपैयाँले बढेर प्रतितोला १ लाख ७१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

सोमबार सुन प्रतितोला १ लाख ७० हजार ८०० रुपैयाँमा कायम भएको थियो ।

 

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला एक हजार ९७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला एक हजार ९८५ रुपैयाँमा कारोबार भएको थियो ।

civil hospital
Hams Hospitals