मन्त्रालयका सचिवको गाडिले मापसे चेक प्वाइन्ट छलेर भागेपछि दुर्घटना
वि.सं.२०८१ फागुन २२ बिहीवार
27K
shares
shares
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको गाडीले कोटेश्वर स्थित मापसे चेक प्वाइन्ट छलेर भागेपछि दुर्घटना भएको छ । बा.२ झ २३७८ नम्बरको गाडीको ठक्करबाट कोटेश्वर चोकमा एउटा मोटरसाइकलमा क्षति पुगेको छ ।
चेकप्वाइन्ट छलेर भागेका चालकलाई प्रहरीले पछ्याएर पक्राउ गरेको छ । गाडी चालक सुवास थापालाई पक्राउ गरिएको छ। गाडिलाई नियन्त्रणमा लिने क्रममा प्रहरीको मोटरसाइकलमा पनि क्षति पुगेको छ ।
सो गाडी भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशव कुमार शर्मा चढ्ने हो । चालक थापालाई प्रहरीले पक्राऊ गरेको छ ।
Subscribe
0 Comments
Oldest































