आज पनि बढ्यो सुनको मूल्य, हेर्नुहोस् कति पुग्यो आज
वि.सं.२०८१ फागुन २५ आइतवार
1K
shares
shares
काठमाडौँ । स्थानीय बजारमा आइतबार सुनको मूल्य सामान्य बढेको छ ।
तोलामा १ सय रुपैयाँले बढेर आज १ लाख ७० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनएको छ । शुक्रबार प्रतितोला १ लाख ७० हजार २ सय रुपैयाँमा कायम भएको थियो ।
यस्तै, चाँदीको मूल्य भने ५ रुपैयाँ घटेको छ । पाँच रुपैयाँले घटेर आज १९८५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन शुक्रबार प्रतितोला १९९० रुपैयाँमा कायम भएको थियो ।




























