अमेरिका पठाइदिने भन्दै एक करोड बढी ठगी

18.8K
shares
Nabil bank

 

पूर्वराजा ज्ञानेन्द्र शाहको भान्जा हुँ भन्दै अमेरिका पठाइदिने भनेर एक करोडभन्दा बढी ठगी गरेको आरोपमा अनुप सिंह पक्राउ परेका छन् । उनले आफू नेपाली सेनाको पाइलट रहेको र राजपरिवारको अमेरिका जाने फ्लाइटमा मिलाएर उता पुर्यादिने भन्दै विभिन्न व्यक्तिसँग पैसा लिएको पाइएको बताइएको छ ।

 

उनले सिंहलाई जिल्ला प्रहरी परिसर ललितपुरले केही दिनअघि पक्राउ गरेको हो । उनले १ करोड २७ लाखभन्दा बढी ठगी गरेको अहिलेसम्म खुल्न आएको बताइएको छ । सिंहसँगै दीपकराज खनाल, अनुप सिंह, राजकुमार केसी, सचिन व्यञ्जनकार पनि पक्राउ परेका छन् । सो घटनामा जोडिएका अन्य ३ जना फरार रहेको बताइएको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x