डीएसपी चापागाईंलाई हटाउने चेतावनी
वि.सं.२०८१ फागुन २७ मंगलवार
shares
काठमाडौं । नेपाल प्रहरी अस्पतालका प्रहरी नायब उपरीक्षक (डीएसपी) तीन महिनादेखि सम्पर्कविहीन भएका छन् ।पर्वतको फलेवास नगरपालिका १० स्थायी घर भई प्रहरी अस्पतालको रेडियोलोजी विभागमा कार्यरत प्राविधिक डीएसपी डा. कृष्णमणि चापागाईं बिना जानकारी तीन महिनादेखि अनुपस्थित भएका हुन्।
गृह मन्त्रालयले आइतबार सूचना जारी गर्दै उनलाई स्पष्टीकरणसहित ७ दिनभित्र हाजिर हुन निर्देशन दिएको छ ।
चापागाईं कात्तिक १४ गते १५ दिनको घरबिदा लिएर हिँडेका थिए । तर पुनः १४ दिन बिदा थप गराएका थिए । थपिएको बिदा २०८१ मंसिर २५ गते सकिए पनि चापागाईं अझै सम्पर्कमा नआएको अस्पतालले जनाएको छ ।उनको घरमा यसअघि नै खोजतलास गरिएको र प्रहरी नियमावलीअनुसार सूचना टाँस गरिसकिएको गृह मन्त्रालयले जनाएको छ ।७ दिनभित्र काार्याालयमा हााजिर नभए भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने चेतावनी समते दिइएको छ ।































