काठमाडौंमा एक ट्रक पैसा बरामद
वि.सं.२०८१ चैत ५ मंगलवार
18.1K
shares
shares
काठमाडौं । नेपाल प्रहरीले काठमाडौंबाट ठूलो मात्रामा विदेशी मुद्रा बरामद गरेको छ। ट्रकमा राखिएको अवस्थामा करिब २० करोड रुपैयाँ बराबरको मुद्रा बरामद गरिएको हो।ट्रकबाट युरो र अमेरिकन डलर बरामद भएको प्रहरीले जनाएको छ। काठमाडौं उपत्यका अपराध प्रहरी कार्यालयको टोलीले रकम बरामद गरेको हो।‘अहिले पैसा गन्ने काम भइरहेको छ। नेपालीमा कन्भर्ट गर्दा २० करोड माथि होला भन्ने हो,’ एसएसपी रमेश बस्नेतले भने।
प्रहरीले ना १ ख १६५२ नम्बरको ट्रक समेत नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।
Subscribe
0 Comments
Oldest































