कर्मचारीको नेता नै भ्रष्टाचारी
वि.सं.२०८१ चैत १४ बिहीवार
18.1K
shares
shares
काठमाडौं।नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय उपाध्यक्ष पुरण गुरुङ विशेष अदालतबाट भ्रष्टाचारी ठहर भएका छन्।
स्याङ्जाको अर्जुन चौपारी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुँदा उनले सडक निर्माणमा भ्रष्टाचार गरेको विशेष अदालतको ठहर छ। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गुरूङ र कमलप्रसाद गौतम, गाउँपालिका अध्यक्ष दीर्घनारायण अर्यालसहित १२ जना प्रतिवादीलाई भ्रष्टाचारी ठहर गरेको हो।
Subscribe
0 Comments
Oldest































