चार निर्माण कम्पनीहरूलाई कालोसूचीमा हेर्नुहोस्

17.2K
shares
Nabil bank

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले चार कम्पनीहरूलाई कालोसूचीमा राखेको छ ।

 

बिहिवार अनुगमन कार्यालयले दुई कम्पनीलाई एक वर्ष छ महिना र दुई कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको विवरण सार्वजनिक गरेको हो ।

विभिन्न निकायबाट लेखी आएबमोजिम सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सूचना प्रकाशित भएको मितिदेखि लागु हुने गरी बिल्ड ब्रदर्श कन्सट्रक्सन प्रालि गोंगबु, एस.एम. कन्सट्रक्सन मकवानपुर, फर्निचर स:मलि उद्योग मध्य नेपाल लमजुङ र शारदा नगरपालिका सल्यानको गौरी गोमा निर्माण सेवालाई कालो सूचीमा राखिएको हो ।

कालोसूचीमा परेका कम्पनीहरूले कालोसूचीमा परेको अवधिभर सार्वजनिक निकायका कुनै पनि खरिद प्रक्रियामा भाग लिन नपाइने तथा कारबाही हुने सूचनामा उल्लेख गरिएको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x