सभामुख घिमिरेको संरक्षणमा उठौती गर्ने राजस्व अनुसन्धानका ‘सानो घिमिरे’

35.7K
shares
Nabil bank

 

काठमाडौं । अहिले देशको सभामुख छन्, पूर्वशिक्षकका श्रीमान् घिमिरे थर भएका देवराज । जसले शिक्षकको आन्दोलन भड्काएको आरोप छ । लामोसयमदेखि आन्दोलनमा रहेका शिक्षकलाई उनले नानाभाँती भनेर अस्तिताका भड्काईदिए । तर, उनी आफ्नै भाइभतिजा परिचालन गरेर राजस्व अनुसन्धान बिभागमा भने प्रभाव जमाईरहेका छन् । सम्मानीयको नाममा एउटा सामान्य कर्मचारीलाई प्रयोग गरेर अनुसन्धान बिभागमा उठ्तीपुठ्ती हुन्छ भन्दा सवैलाई आश्चर्य लाग्न सक्छ । तर, सत्य हो कि उनकै भतिजो भन्दै कम्युटर अपरेटरले अहिले बिभागमा लुट मच्चाईरहेका छन् । उनको सरुवा पनि हुन्छ तर, उनै सभामुख देवराजले ठाडो आदेश गरेर थमौती गरिदिन्छन् । २०८१ जेठमा उनको सरुवा पनि भएको थियो । तर। तुरुन्तै उनले सरुवा नै उल्टाई दिए ।

 

उनी अर्थात् रामप्रसाद घिमिरे अहिले त्यहाँका कम्युटर अपरेटर हुन् । तर, उनलाई स्टोरको जिम्मा लगाईएको छ । १९१७४४ संकेत नम्वर भएका रामप्रसादलाई चण्डिप्रसाद घिमिरे प्रमुख भएर आएपछि झन् खुँदो पल्टिएको छ । उनै चण्डिको घुमुवाको रुपमा पनि रामप्रसादले काम गरिरहेका छन् । सभामुख घिमिरे र कार्यालय प्रमुख घिमिरेको सच्चा उठौतीको काम रामप्रसाद घिमिरेले गरिरहेको एक अनुसन्धान अधिकृतले बताए । अझ राजस्वका अनुसन्धान अधिकृत तोक्ने बेलामा समेत रामप्रसादको लाईन मिलाउनु पर्ने ती अधिकृतको भनाई छ । यो आर्थिक बर्षमा मात्र तीन पटक सरुवामा परेका रामप्रसाद लाई सभामुख घिमिरेले नै रोकिरहेका छन् । रामप्रसादको काम व्यवसायीहरु भेट्नु र लाईन मिलाउनु पनि हो । त्यसकारण उनी प्राय कार्यालयमा भेटिदैनन् । हामीले चार पटक कार्यालय भ्रमण गर्दा पनि उनी कार्यकक्षमा भेटिएनन् ।

 

यस अघिको बिभागका प्रमुखहरु आउनासाथ धेरै समय यहाँ बसेका कारण सरुवा हुनुपर्ने भन्दै सरुवा गर्दा पनि सभामुख घिमिरेले सचिवलाई थर्काएर सरुवा रोकेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका एक अधिकृतले बताए । दशैंमा टिका थाप्न गएर सभामुख घिमिरेकी श्रीमतीलाई भेटी चढाउने गरेको उनी खुलेआम बताउने गरेका छन् । त्यसको पुष्टि उनले सामाजिक सञ्जालमा सभामुखको परिवारसँग राखेको तस्वीरहरुले पनि गर्दछ ।

 

यो पनि पढ्नुहोस् छुटाउनु भयो की:

राजस्व अनुसन्धान बिभागमा मस्ती मार्ने शक्तिशाली घिमिरे

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x