ट्राफिक प्रहरीले सर्वसाधारण लाई लात्ताले हानेर रक्ताम्य बनाएको भीडियो भाइरल
वि.सं.२०८२ वैशाख ११ बिहीवार
14.8K
shares
shares
काठमाडौ । ट्राफिक प्रहरीबाट एक जना व्यक्ति पिटिएको भिडियो भाइरल भएको छ । सार्वजनिक भिडिओमा चार जना ट्राफिक प्रहरी छन । एकजनाले लात्तीले सर्वसाधारणलाई हानेका छन् ।
उनीहरूबाट एक व्यक्तिलाई लडाएर कुटपिट गरेको देखिन्छ ।
ट्राफिक प्रहरीले बुटले ती व्यक्तिलाई कुटपिट गरेको देखिन्छ । कुटपिट गर्दै कागजपत्र भुईँमै फ्यालेर एक ट्राफिक प्रहरी हिँडेको देखिन्छ । सार्वजनिक भिडिओ काठमाडौं उपत्यकाकै रहेको जस्तो देखिन्छ ।
सडकमा बाक्लो भिडभाड र कीर्तिपुर यातायात लेखेको बस समेत देखिएका कारण भिडिओ काठमाडौं उपत्यकाकै हुनसक्ने आशंका गरिएको हो ।
Subscribe
0 Comments
Oldest































