सव-इन्जिनियर पौड्यालविरुद्ध अबैध आर्जनको आरोप, अख्तियारद्वारा मुद्दा

15.3K
shares
Nabil bank

 

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपत्यका विकास प्राधिकरणमा कार्यरत सव-इन्जिनियर कुमार पौड्यालविरुद्ध विशेष अदालत, काठमाडौंमा तीन करोड ६३ लाख रुपैयाँभन्दा बढीको अवैध सम्पत्ति आर्जन गरेको आरोपमा आरोपपत्र दायर गरेको छ।

 

आयोगका अनुसार पौड्यालले मिति २०५१ सालदेखि २०८० सालसम्मको अवधिमा आफ्नो तलव, भत्ता, जग्गा बिक्री, विमा, शेयर लाभांश, कृषि आय, संचित बिदा भत्ता, पारिवारिक आम्दानीलगायतबाट कुल वैध आय २ करोड ५८ लाख ९७ हजार ३२४ रुपैयाँ मात्र देखिएको छ। तर सोही अवधिमा उनले घर निर्माण, जग्गा खरिद, सवारीसाधन खरिद, व्यवसायमा लगानी, सुन खरिद, ऋण भुक्तानीलगायतमा ६ करोड २२ लाख १८ हजार रुपैयाँ खर्च गरेको देखिएको छ।

 

उक्त विवरणका आधारमा पौड्यालले ३ करोड ६३ लाख २१ हजार रुपैयाँभन्दा बढीको सम्पत्ति गैरकानुनी रूपमा आर्जन गरेको पुष्टि भएको आयोगको भनाइ छ। सोहीअनुसार आयोगले उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन २०१७ को दफा ३, १५, १६ग, २९ र प्रचलित ऐन २०५९ तथा अख्तियार ऐन २०४८ का विभिन्न दफाबमोजिम कारबाही माग गर्दै बिगो बराबरको सम्पत्ति जफतको मागसहित आरोपपत्र दायर गरेको हो।

 

साथै, पौड्यालले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्तिको एक भाग श्रीमती विष्णु मैया पौड्यालको नाममा राखेको पाइएकाले, उनीविरुद्ध पनि जफतको प्रयोजनका लागि प्रतिवादी कायम गरी विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x