५ लाख ७० हजार घुससहित इन्जिनियर रंगेहात पक्राउ

18.9K
shares
Nabil bank

काठमाडौं।  अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालको टोलीले सघन सहरी तथा भवन निर्माण आयोजनाको कार्यालय, ओखलढुङ्गामा कार्यरत इन्जिनियर सन्तोष कुमार यादवलाई ५ लाख ७० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको छ।

खोटाङ जिल्लामा निर्माणाधीन सडकको रनिङ बिल भुक्तानी गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग रिश्वत माग गरिरहेको भन्ने उजुरीका आधारमा आयोगले निगरानी बढाएको थियो। सोहीअनुसार खटिएको टोलीले इन्जिनियर यादवलाई भक्तपुर जिल्ला, मध्यपुर ठिमी नगरपालिका–१, लोकन्थलीबाट घुस रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो।

उनले सेवाग्राहीसँग रू. ५,७०,००० (पाँच लाख सत्तरी हजार रुपैयाँ) लिएको पुष्टि भएपछि उनलाई नियन्त्रणमा लिइएको र घटनासम्बन्धी थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x