भ्रष्टाचार मुद्दामा विशेष अदालतको फैसलाविरुद्ध अख्तियारले सर्वोच्चमा पुनरावेदन

13.5K
shares
Nabil bank

काठमाडौं ।सर्भेक्षक सुवाषचन्द्र यादवसहितका प्रतिवादीहरूविरुद्ध विशेष अदालतबाट भएको फैसलाले चित्त नबुझेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।

आयोगका अनुसार नापी कार्यालय, भद्रपुर, झापामा कार्यरत सर्भेक्षक यादवले सेवाग्राहीसँग जग्गा कित्ताकाट गरी बाटो प्रमाणित गर्ने प्रयोजनका लागि रू. १,२५,००० घुस मागी लिएको पुष्टि भएको थियो। यसै आधारमा आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ (१) को खण्ड (घ) अनुसार कैद र जरिवाना माग गर्दै विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको थियो।

तर, विशेष अदालतले मिति २०८१ साल वैशाख २१ गतेको फैसलाबाट यादवसहितका प्रतिवादीलाई आंशिक सफाइ दिएकोले आयोगले उक्त फैसलाप्रति असहमति जनाउँदै मिति २०८२ साल जेठ २ गते सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गराएको हो।

आयोगले भ्रष्टाचारविरुद्धको शून्य सहनशीलताको नीतिअनुसार कानुनी प्रक्रिया अगाडि बढाएको स्पष्ट पारेको छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x