ग्रीस पठाउने भन्दै ८ लाख लिएर फरार व्यक्ति पक्राउ
वि.सं.२०८२ जेठ ६ मंगलवार
17.6K
shares
shares
काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबमा ग्रीस पठाउने भन्दै ८ लाख लिएर फरार व्यक्ति पक्राउ परेका छन् ।पक्राउ पर्नेमा कागेश्वरी मनोहरा नगरपालिका–७ बस्ने ७६ वर्षीय नरवीर राईलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
राईले ग्रीस पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–१२ बाट पक्राउ गरेको हो ।उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
Subscribe
0 Comments
Oldest































