सुनको मूल्य बढ्यो हेर्नुहोस् कति पुग्यो आज
वि.सं.२०८२ जेठ १६ शुक्रवार
1.1K
shares
shares
काठमाडौं । आज शुक्रबार सुनको भाउ बढेको छ भने चाँदीको भाउ घटेको छ । हिजो बिहीबार तोलाको एक लाख ८७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ७ सय रुपैयाँले वृद्धि भएको छ ।
यस दिन छापावाल सुन तोलाको एक लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज चाँदी तोलाको १५ रुपैयाँले घटेर एक हजार ९ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।




























