सवारी चालक अनुमतिपत्र जालसाजी प्रकरण : चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

20.2K
shares
Nabil bank

 

 

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी चालक अनुमतिपत्र जालसाजीको आरोपमा चार जनाविरुद्ध विशेष अदालत, काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

 

आयोगले यातायात व्यवस्था कार्यालय, रुपन्देहीका तत्कालीन कम्प्युटर सञ्चालक कमल पराजुली, सहायक कम्प्युटर सञ्चालक नारायण प्रसाद पाण्डेय, यातायात व्यवस्था कार्यालय, दाङका तत्कालीन कम्प्युटर सञ्चालक अनिल बुढामगर र अनुमतिपत्र प्राप्त गर्ने सभ्यता के.सी.विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र ११ अनुसार आरोपपत्र पेश गरेको हो।

 

अनुसन्धानका क्रममा अभियुक्त सभ्यता के.सी.ले सवारी चालक अनुमतिपत्रको लिखित वा ट्रायल परीक्षा नदिई अर्कै व्यक्तिको आवेदक परिचय दुरुपयोग गरी गैर कानुनी तरिकाले ‘क्याटेगोरी बी’ (कार, जीप, डेलिभरी भ्यान) को अनुमतिपत्र लिएको पाइएको आयोगले जनाएको छ।

 

आयोगका अनुसार, अभियुक्त कर्मचारीहरूले आपसी मिलेमतोमा यातायात व्यवस्था विभागको ईडीएलभीआरएस प्रणालीमा रहेको अर्कै व्यक्तिको आवेदक परिचय तथा अनुमतिपत्र नम्बर बदनियतपूर्वक सम्पादन गरी सभ्यता के.सी.को नाममा अनुमतिपत्र जारी गरेका थिए। यो घटना २०७८ साल चैत ७ गते भएको हो।

 

सभ्यता के.सी., रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ४ की बासिन्दा हुन्। आयोगले उनलाई गैर कानुनी लाभ लिने मतियारको रूपमा संलग्न देखाउँदै आरोपपत्रमा मुद्दा चलाएको छ। त्यस्तै, बाँकी तीन जना पूर्वकर्मचारीहरूलाई सार्वजनिक अभिलेख हेरफेर गरी जालसाजी गरेको मुख्य कसुरदारका रूपमा आरोप लगाइएको छ।

 

अख्तियारले अदालतसमक्ष अभियुक्तहरूलाई कैद र जरिवाना मागदाबीसहित कारवाही गर्न अनुरोध गरेको छ। आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले सार्वजनिक प्रणालीमा रहेका अभिलेखहरूको सुरक्षा तथा शुद्धताको प्रश्न उठाएको यस घटनाले सूचना प्रविधिको दुरुपयोग रोक्न तत्कालीन सतर्कता आवश्यक रहेको बताए।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x