पत्रकार दिलभुषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी

12K
shares
Nabil bank

 

काठमाडौं। काठमाडौं जिल्ला अदालतले वरिष्ठ पत्रकार दिलभुषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। अदालतले नेपाल प्रहरीको साइबर ब्युरोको अनुरोधमा उक्त आदेश दिएको हो।

पाठकले आफ्नो युट्युब च्यानल टफ टक विद दिलभुषण मार्फत नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवाले हिल्टन होटल खरिद गरेको आरोप लगाएका थिए। उक्त भिडियो सामग्री सार्वजनिक भएपछि जयवीर देउवाले उजुरी दर्ता गराएका थिए।

साइबर ब्युरोका अनुसार भिडियो सामग्रीमा व्यक्त गरिएका दाबीहरू तथ्यविहीन र व्यक्तिविरोधी भएका कारण अनुसन्धानका लागि पक्राउ पुर्जी आवश्यक भएको जनाइएको छ।

हालसम्म पत्रकार पाठकले यस विषयमा कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन्।

यस प्रकरणले अभिव्यक्ति स्वतन्त्रता र पत्रकारिताको जिम्मेवारीबारे समेत सार्वजनिक बहस सिर्जना गरेको छ।

 

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x