अवहेलना मुद्दामा सम्पादक शम्भु श्रेष्ठ र एमपी सुब्बासँग २५ हजार धरौटी माग
वि.सं.२०८२ असार १२ बिहीवार
18.2K
shares
shares
काठमाडौं । विशेष अदालतले दृष्टि साप्ताहिकका सम्पादक शम्भुलाल श्रेष्ठ र दृष्टि न्युज डट कमका सम्पादक एमपी सुब्बासँग जनही २५ हजार रुपैयाँका दरले धरौटी माग गरेको छ । अदालतको अवहेलना मुद्दामा उनीहरूसँग यो धरौटी रकम माग गरिएको हो । आजै उनीहरूको बयान भएको थियो । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठ, रितेन्द्र थापा, विदुर कोइराला सम्मिलित इजलासले यो आदेश दिएको हो ।
दृष्टि मिडियाका तर्फबाट कानुन व्यवसायीहरू दिनेश त्रिपाठी, डेकेन्द्र सुवेदी, अनन्तराज लुइँटेललगायतका अधिवक्ताहरूले बहस गरेका थिए । वादीको तर्फबाट विशेष अदालत बार एशोसिएसनका अध्यक्ष टीकाबहादुर कुँवर, युवराज बन्जाडे, सन्तोष कोइराला, परशुराम आचार्य, रामचन्द्र गौतमसहितका अधिवक्ताहरूले बहस गरेका हुन् । यसअघि अदालतले दृष्टि न्युज अनलाइनमा रहेको समाचार नहटाउन र परिमार्जन नगर्न भनेको थियो ।
Subscribe
0 Comments
Oldest































