भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत, गृहमन्त्री लेखकको राजीनामा र संसदीय छानबिन समितिको माग

12.4K
shares
Nabil bank

काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले भिजिट भिसा प्रकरणमा आफ्नो अडान यथावत् राख्दै गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ । साथै, पार्टीले संसदीय छानबिन समिति गठनको माग पनि दोहोर्याएको छ ।

बिहीबार बसेको केन्द्रीय समितिको बैठकले पार्टीको अडान स्पष्ट रूपमा प्रस्तुत गर्दै गृहमन्त्री लेखकको नैतिक जिम्मेवारी तय गर्नुपर्ने निष्कर्ष निकालेको हो । पार्टीले भिजिट भिसाको नाममा वैदेशिक रोजगारीमा पठाइने प्रवृत्तिबाट सिर्जित समस्या गम्भीर भएको भन्दै यसको निष्पक्ष छानबिन आवश्यक रहेको बताएको छ ।

बैठकपछि जारी गरिएको निर्णयमा भिजिट भिसा प्रकरणले राष्ट्रिय स्वाभिमान, युवा भविष्य र आप्रवासन नीति माथि गम्भीर प्रश्न उठाएको भन्दै गृहमन्त्रीको भूमिकामाथि प्रश्न उठाइएको छ ।

 

यसैबीच, रास्वपाले आउँदो उपनिर्वाचनका लागि योग्य र सक्षम उम्मेदवार चयन गर्न प्रक्रिया अघि बढाएको छ । पार्टीले सम्बन्धित निकायहरूलाई उम्मेदवार छनोट प्रक्रिया पारदर्शी र प्रतिस्पर्धात्मक बनाउन निर्देशन दिएको छ ।

साथै, पार्टीका विभिन्न विभागहरूलाई कार्यसम्पादन प्रतिवेदन तयार गरी केन्द्रीय समितिमा पेश गर्न सात दिनको समयसीमा तोकेको छ । कार्यसम्पादन मूल्यांकनका आधारमा विभागीय पुनर्संरचना गरिने पनि बैठकमा निर्णय गरिएको छ ।

रास्वपाले पछिल्लो समय बढ्दो भ्रष्टाचार, प्रशासनिक कमजोरी, आप्रवासन समस्यालगायत विषयमा सरकारको कमजोरी औंल्याउँदै जनचासोका मुद्दामा निरन्तर दबाबमूलक भूमिका खेलिरहेको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x