सचिव राउतको सफ्टवेयर,सहसचिव बस्नेतको स्वार्थ र कामु प्रमुख सुवेदीको अवैध संकलनको मारमा कम्पनी रजिष्टार कार्यालय
वि.सं.२०८२ साउन १४ बुधवार
shares
काठमाडौँ ।पछिल्लो समय कम्पनी रजिष्टार कार्यालयमा वेतिथि चरम रहेको छ । अनेक वहानामा सेवाग्राहीलाई लुट्ने त्यहाँका कर्मचारीका बारेमा धेरै समाचार आएपछि केही काज सरुवा भए । तर, खास बिवादित कर्मचारी अझै रहेका कारण सेवाग्राहीले सास्ती खेप्न परेको छ ।
कम्पनी रजिष्टार कार्यालयमा कर्मचारी जानै नमान्ने गएकाहरु पनि सिष्टमको दोष देखाएर पन्छिने अवस्था छ । बिगतको कामको सुधार गर्ने भन्दै नयाँ प्रणाली जडान गरेपछि झनै भद्रगोल भएको छ । उद्योग मन्त्रालयका सचिव कृष्ण बहादुर राउतको निर्देशनमा उनीनिकट कम्पनीलाई सफ्टवेयर जडानको काम दिएको छ । यसअघि लागू भएको सफ्टवेयरमा काम गर्न कर्मचारी र सेवाग्राही अभ्यस्त भइसकेको अवस्थामा सचिव राउतको दबाबमा नयाँ सफ्टवेयर जडान गरेपछि सेवाप्रवाह हुन नसकेको हो ।
अझ कामु प्रमुख देविप्रसाद सुवेदीले प्रणाली नै आफ्नो हातमा लिएर अवैध रकम नआउनेको काम गर्न वन्देज लगाएको उजुरी मन्त्रालयमा परेको छ । तर, उनले संकलन गरेको अवैध रकम मन्त्रालयसम्म पुर्याएका कारण उनी चोखो भईरहेका छन् । उसोत उद्योग बिभागको महानिर्देशक बन्ने तयारीमा रहेका उद्योग मन्त्रालयको औद्योगिक प्रबद्र्धन महाशाखाका प्रमुख सहसचिव जितेन्द्र बस्नेतलाई रजिष्टार कार्यालयको बेथिति छानबिन गर्ने जिम्मा दिइएको थियो ।
जसको सिफारिसका आधारमा दर्जनौं कर्मचारीलाई एउटै आरोपमा काजसरुवा गरिएको छ । उनी पनि महानिर्देशक बन्ने दाउमा मन्त्री र सचिवकै सेवामा लागेपछि रजिष्टार कार्यालयको बेथिति उस्तै छ । सेवाग्राही ठगिने क्रम घटेको छैन ।
काजसरुवा भएका सबै कर्मचारीलाई बाणिज्य बिभागमा पठाइए पनि रजिष्टार कार्यालयमा पर्याप्त कर्मचारी अहिलेसम्म मन्त्रालयले पठाउन सकेको छैन ।
यो पनि पढ्नुहोस् छुटाउनु भयो की:
कम्पनी रजिस्टार कार्यालयमा विवादित सुवेदीलाई कामुको जिम्मेवारी पछि झन् भद्रगोल


























