विचौलियाको पैसामा काठमाडौ ओहोरदोहोर गर्थे कास्की मालपोत प्रमुख पौडेल 

4.3K
shares

काठमाडौं । अहिले कास्कीको बाटुलेचौरको जग्गा खुव चर्चामा छ । ।भूमी सुधार मन्त्रीदेखी अनेक विचौलिया यो काण्डमा मुछिएका छन् । कास्की मालपोत प्रमुख चिरिन्जीवी पौडेल पनि यो घटनामा मस्ती मार्नेमा परेका छन् ।

 

जग्गावालालाई अनेक आश देखाएर मालपोत प्रमुख पौडेलले अवैध फाइदा लिएका हुन् ।

 

पौडेलले पोखराको बाटुलेचौरस्थित जग्गाका पीडितको पैसामा काठमाडौ पोखरा ओहोरदोहोर गर्न टिकट खरिद गरेको प्रमाण फेला परेको छ ।

 

 

मंसिर, पुस र माघ २०८१ मा उनी काठमाडौं आएर पोखरा जाने क्रममा कम्तीमा तीन पटक अडियो रेकर्ड गर्ने व्यक्तिकै खाताबाट भुक्तानी भएको प्लेन टिकट लिएका थिए ।

 

सन् २०२४ को नोभेम्बर १३, २०२५ डिसेम्बर २५ मा पौडेलले काठमाडौंबाट पोखरा आउनका लागि टिकट काट्न लगाएको देखिन्छ । त्यस्तै २०२५ को जनवरी ६ मा काठमाडौंबाट पोखरा आउन पनि पौडेलले टिकट मार्फत लाभ लिएको पाइएको छ ।

 

तीन वटा नक्सा नम्बरहरु २५, २६, २८ का जग्गाहरु दुर्गादेवि शाहको नाममा पास गरिदिन तत्कालिन जिल्ला, अञ्चल, क्षेत्रीय अदालतले फैसला गरेको थियो ।

 

फैसला कार्यन्वयनका लागि पीडित दुर्गादेवि शाहका नातीहरु सुरज शाह लगायतले मालपोत कार्यालय र नापी कार्यालयमा निवेदन दिएका थिए । सोही काम गरिदिने भन्दै हाल मालपोत कार्यालय कास्कीको प्रमुखको रुपमा सरुवा हुँदा हाजिर हुने दिनमै पौडेलले पीडितका तर्फबाट एक प्रतिनिधिबाट चार पटकसम्म टिकट लिएको फेला परेको छ ।

 

कास्कीका प्रमुख बनाइएका प्रमुख मालपोत अधिकृत पौडेलले सुरुवातताका पोखरा लिचीबारीको जग्गा शाह परिवारकै नाममा दर्ता गरिदिने आश्वासन दिएका थिए । त्यस क्रममा उनले शाह परिवार निकटका व्यक्तिबाट आर्थिक लाभ समेत लिएका थिए ।

 

 

स्मरणीय छ, प्रमुख पौडेलले गरेका विकृतिका बारे सिहदरवारज न्यूज डट्कमले पटक पटक समाचार प्रकाशन गरेको थियो ।

 

 

यस विषयमा प्रमुख पौडेलसग प्रतिक्रिया लिन खोज्दा उनको 985-1××××310 नम्बरको मोबाइल नै स्विच्ड अफ गरिएको छ ।

 

यो पनि पढ्नुहोस् छुटाउनु भयो कि:

 

सिंहदरवारन्यूजको प्रभावः मालपोत छोड्दा जागिरबाटै राजिनामा  

civil hospital
Hams Hospitals