सुनको मुल्य बढ्यो,हेर्नुहोस् कति पुग्यो आज
वि.सं.२०८२ साउन १९ सोमवार
shares
काठमाडौँ । साताको दाेस्राे कारोबार दिन साेमबार नेपाली बजारमा छापावाल सुनको मूल्य १ लाख ९६ हजार रूपैयाँ ६०० रूपैयाँ र चाँदीकाे मूल्य २ हजार २५५ रूपैयाँ ताेकिएकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबारका लगि तय भएकाे याे भाउ अघिल्लाे दिन आइतबारकाे तुलनामा सुनमा १०० रूपैयाँ र चाँदीमा ५ रूपैयाँ धेरै हाे ।
आइतबार एकै दिन ३ हजार ४०० रुपैयाँले बढेर छापावाल सुन १ लाख ९६ हजार ५०० रुपैयाँमा र चाँदी प्रतितोला १५ रुपैयाँले बढेर २ हजार २५० रुपैयाँ पुगेर खरिद बिक्री भएकाे थियाे ।
शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ९३ हजार १०० रुपैयाँ र चाँदी शुक्रबार २ हजार २३५ रुपैयाँमा कारोबार भएको थियो।
नेपालमा सुनको मूल्य अन्तर्राष्ट्रिय बजारको आधारमा तय गरिन्छ । साेमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३,३६०.७८ अमेरिकी डलर र चाँदी ३७.११ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।



























