दुई संसदीय समितिको बैठक बस्दै,यस्तो छन् कार्यसूची
वि.सं.२०८२ भदौ १ आइतवार
1.4K
shares
shares
काठमाडौं । सङ्घीय संसद् अन्तर्गतका दुई संसदीय समितिको बैठक बस्दैछ ।आइतबार पूर्वाधार विकास समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।
दिनको २ बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा वर्षाका कारण अन्तरदेशीय जोड्ने कोदारी राजमार्ग, रसुवागढीलगायत अन्य सडकको अवस्थाका सम्बन्धमा छलफल गर्ने कार्यसूची राखिएको छ । त्यस्तै, चाडपर्वको पूर्वसन्ध्यामा सडक यातायात र सडक पूर्वाधारको अवस्थाका बारेमा बैठकमा छलफल हुने कार्यसूची छ ।
त्यस्तै,विधायन व्यवस्थापन समितिको बैठक पनि दिनको २ बजे बस्ने छ । बैठकमा ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ ।




























