प्रधानमन्त्री कार्यालयकै नाम वेचेर अवैध आर्जन गर्ने अधिकारी प्रधानमन्त्री कार्यालय तानिए

7K
shares

काठमाडौँ । राजस्व अनुसन्धान विभागका निर्देशक नवराज अधिकारीलाई मन्त्रालय तानिएको छ। व्यवसायीहरूसँग अवैध असुली गर्दै आएको आरोप खेप्दै आएका अधिकारीबारे सिंहदरबारन्यूज डटकमले लगातार समाचार प्रकाशन गर्दै आएको थियो ।

 

अधिकारीमाथि प्रधानमन्त्री कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नामसमेत बेचेर व्यवसायीलाई दबाब दिने र ठूलो रकम असुल्ने आरोप छ। विभागभित्रै उनको नाम विवादित बनेको थियो।

 

स्रोतका अनुसार अधिकारीले भेप तस्करीमा संलग्न शिल्क ट्रान्सपोर्टका मालिक रमेश शेर्पासँग मिलेर करोडौँ कमाएको दाबी छ। सो क्रममा आर्जन गरिएको अकूत सम्पत्तिबारे अख्तियार र सम्पत्ति शुद्धीकरण विभागमा समेत उजुरी परेको जानकारी प्राप्त भएको छ।

 

मन्त्रालयले उनलाई विभागबाट फिर्ता बोलाएपछि राजस्व अनुसन्धान भित्रै चहलपहल बढेको छ। निकट भविष्यमा सम्बन्धित निकायहरूले सम्पत्ति र आचरणसम्बन्धी अनुसन्धान अघि बढाउने अपेक्षा गरिएको छ ।

 

यो पनि पढ्नुहोस् छुटाउनु भयो कि:

 

अख्तियार र प्रधानमन्त्री कार्यालयकै नाम बेचेर राजस्व अनुसन्धानमा मस्ती 

civil hospital
Hams Hospitals