लघुकथा : स्वभाव
वि.सं.२०८२ भदौ १७ मंगलवार
shares
“आवश्यकता भन्दा सरल हुनु पनि कमजोरी मान्दा रहेछन्, मान्छेहरू ।” उमेशले दिक्दारी व्यक्त गर्यो ।
” समयानुसार चल्नु पर्छ, मान्छे अनुसारको व्यवहार गर्न जानिएन भने दु:ख पाइन्छ । जति भने पनि उस्तै, कुरो बुझ्ने कहिले हो तैले ?” बालापनको साथी केशवले सम्झायो ।
केशव, ” बोल्नेको पिठो बिक्छ नबोल्नेको चामल कुहिन्छ, भन्थे बुढापाकाले, हो रहेछ । त्यहीँ श्यामलाई हेर्न, सबैलाई डाकाको भरमा काबुमा राखेको छ । जति कुरा काटे नि अगाडि कोही बोल्ने आँट गर्दैनन् । न पढालेखा छ ।” उसले फेरि थप्यो
उमेश, “अस्ति एउटा कार्यक्रममा गएको थिए, श्याम पनि थियो । उसको त कार्यक्रममा बडा वाहवाही चल्यो, के चाहिँ गरेछ भनेर बुझ्दा त गफैको भरमा अर्काको कामको श्रेय लिएको रहेछ ।” उसले अचम्मित मुद्रामा भन्यो
केशवले व्यङ्ग्य कस्दै, ” त्यो पनि एउटा कला हो, बुझिस् । अगाडि आउँनका लागि गुदो नभए नि चुरिफुरी देखाउँन जानिएन भने यो परिवेशा टिक्न गाह्रो हुन्छ ।” हा हा
दुबैजना कुरा गरिरहेको ठाउँमा श्याम हाँस्दै टुपुल्कियो, ” “हालखबर सोध्यो र उमेशलाई अलि टाठो हुने सल्लाह दिदैँ बाहिरियो ।”
“अकबरी सुनलाई कसी लानु पर्दैन, आफू जस्तो छ, त्यहीं ठिक छ ।” उमेश आत्मबलका साथ बोल्यो ।
केशव, ” कागले कान लग्यो भन्दैमा कागका पछाडि दौडिनु त भएन नि, नुनमा कहिल्यै किरा लागेको छ र ?” उसले ढाडस दियो ।
भूमिका गैरे तिमिल्सिना
गैंडाकोट ४ नवलपुर

























