लघुकथा : निर्दोष

1.6K
shares

 

 

“बाबा हामीले घर कहिले बनाउँने ?” छोराले एकाएक प्रश्न तेर्सायो ।

 

” पख् न पख् बनाउँला नि ! पहिला अलिकति भए नि पैसाको जोहो गर्छु अनि बनाउँला ।”  बाबाले छोरालाई सम्झाए ।

 

“अरुका कति ठुला- ठुला घर छन् । तपाईलाई थाहा छ , मेरा साथी उमेश, रमेश अनि सीताको तीन ढलानका घर छन् । सबै साथीहरुका बिच म मात्रै हो, गरिब । उसले अनभिज्ञ स्वरमा थप्यो ।

 

उनीहरुसँग हिड्दा, बस्दा अप्ठ्यारो लाग्छ, तिनीहरुका कुरा कति फरक हुन्छन् हाम्रो भन्दा ?” उसले फेरि गुनासो पोख्यो ।

 

“के गर्छस्, गरिबको कोखमा जन्म लिएपछि यस्तै हो ? अरु घोडामाथि चढे भनेर आँफू धुरीमाथि चढ्नु भएन क्यारे ।” जे छ त्यसैमा गुजारा गर्नुपर्छ । उनले वास्तविकता देखाए ।

 

दुबैका कुरा सुनिरहेकी आमाको मन अमिलो भयो । छोरालाई सम्झाउँदै,  “हुन दे न बाबु ! स्तर नमिल्नेसँग सङ्गत गर्नु हुदैन  क्या ! तिनीहरुसँग हाम्रो खानपान, रहनसहन, उठबस् केही मिल्दैन ? जुन काठको बोक्रा हो, त्यसैसँग लाग्नुपर्छ ।” मलिन अनुहारले उनले सम्झाइन्

 

“पल्लाघरे श्यामसँग हिँडे भैँगो, आँत भाइभन्दा साँध भाइ प्यारो हुन्छ, बुझिस् ।” बाबाले छोरालाई ढाडस दिए

 

” तपाईहरुले कति परिश्रम गर्दा पनि हामी जहाँको त्यहीँ छौँ, आखिर किन ?छोराले उत्सुकता जनायो ।

 

“लहरो तान्दा पहरो खस्ला, छोड्दे यी कुरा ।” झिझ्झिएको स्वरमा बाबाले थपे

 

छोराले निर्दोष भावमा भन्यो,  “धनी सधैं धनी अनि गरिब सधैं गरिब यस्तो किन हुन्छ, बाबा ?”

 

भूमिका गैरे तिमिल्सिना

गैंडाकोट ४ नवलपुर

 

 

civil hospital
Hams Hospitals