लघुकथा : जेनजी

2.3K
shares

 

 

 

बाटो रगताम्मे भएको छ, कसैलाई को हो भनेर सोध्ने फुर्सद छैन ?

 

सडकमा वेथिति, विसङ्गति र भ्रष्टाचारका विरुद्ध आवाज चर्किएको छ । युवाहरूको जोसलाई कसैले काबुमा राख्न सकेन ? सङ्गैको साथी लडाएर दबाउन खोज्दा पनि आवाज बुलन्द रह्यो ।

 

सत्ता पल्टियो, भौतिक क्षति अथाह भयो । चोक- चोकमा अब के होला भन्ने विषयको चर्चा चलेको छ ? सबैका कान ठाडा छन् ।

 

टेबल गफमा केही बुद्धिजीवी भनाउदा गफ्फिदै थिए । एउटाले भन्यो,  ”  स्याल मार्न गएका थिए तर बाघ मर्यो न खान सके नत घिसार्न नै,पत्तै पाएनन् ।”

 

अर्कोले जवाफ फर्कायो, “युवा भनेको युवै हो, तिनीहरूको जोसलाई मान्नुपर्छ, तर त्यहाँ जेनजी मात्र नभएर तेस्रो पक्षको घुसपैठ भएको देखियो । के यो साँचो हो ?”

एउटाले लामो सास तान्दै भन्यो,  ” अनुसन्धानले देखाउँला, आफ्नै देशका नागरिकलाई त्यसरी अन्धाधुन्ध गोली चलाउँने प्रहरी पालेको पनि बेकारै रहेछ ।” उसले थप्यो

 

“नेताका घरमा पुग्दा पैसा बिटाका बिटा, ज्यानको माया कति हो ? राज्यको ढुकुटीभन्दा नेताका घरमा धेरै । किन चाहिन्छ हो त्यत्रो ?” पहिलोले विरक्तिएको स्वरमा फेरि थप्यो ।

 

“यिनीहरूले काम गरेर जनताको मन जित्ने होइनन्, क्यारे ! पैसाले राजनीति गर्ने मान्छे परे, आउँने चुनावलाई राखे होलान् नि । न भिजन छ न कार्यशैली ।” अर्कोले समसामयिक परिवेश दर्सायो ।

 

दुबैका कुरा सुनिरहेको तेस्रो चर्किएर बोल्यो,  “नेता अवसरवादी हुन् कालो सूचीमा परे भने जेनजी इतिहासमा सदा अमर रहे ।”

 

 

भूमिका गैरे तिमिल्सिना

गैंडाकोट ४ नवलपुर

civil hospital
Hams Hospitals