लघुकथा : धैर्य

1.8K
shares

 

 

 

ल कृष्ण त फेल भएछ ।

 

कृष्ण र अर्जुन मिल्ने साथी थिए । आमाहरूको पनि मिलाप गहिरो थियो तर पढाइका विषयमा चाहिँ यदाकदा ठाकठुक परिरहन्थ्यो ।

 

अर्जुन पढाइमा अब्बल तर जिद्दी स्वभावको थियो । ऊ हरेक कुरामा अगाडि आउँने हुनाले घरपरिवारले गर्व महसुस गर्थें । कृष्ण आफू कमजोर भएकाले उसले कहिल्यै घमन्ड गरेन ।

 

समय बित्दै गयो, उमा र ताराले विगतलाई कोट्याए । ताराले भनी,  ” मैले कृष्णले कहिल्यै गरिखाला जस्तो लागेको थिएन ? तर अहिले उसको प्रगती देखेर खिन्नता बोध हुन्छ ।” उसले मिश्रित भावमा भनी

 

उमा, “अर्जुन साह्रै राम्रो थियो पढाइमा, किन बीचैमा छाडेछ ? पढेको भए घर, समाज र देशकै लागि योग्य भएर निस्कन्थ्यो । सम्झाइनस् ।” उसले सान्त्वना दिई ।

 

“के गरिन होला ? पहिला चलाख थियो, सबैले मत्याए, अहिले कुलतमा फस्यो ।” तारा सम्झिएर विरक्तिई

 

पहिला आँफूले गरेका व्यवहार, छोराको चालचलन र कृष्णको बानी दाँज्दै उसको फेरि गुनगान गाउन थाली ।

 

उमा,  ” जान्नु मात्र सबै कुरा होइन, जीवनको लक्ष्य प्राप्त गर्न धैर्य, लगाव र  निरन्तरताको आवश्यक हुन्छ ।” उसले आत्मविश्वासले भनी ।

 

भूमिका गैरे तिमिल्सिना

गैंडाकोट ४ नवलपुर

civil hospital
Hams Hospitals