पूर्व गृहमन्त्री रमेश लेखकलाई मातृशोक

867
shares

काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकलाई मातृशोक परेको छ । लेखककी ८९ वर्षीया माता शारदा लेखकको विहीवार साँझ निधन भएको स्वकीय सचिव जनक भट्टले बताए ।

मन्त्री निवासमा आगजनी भएका दिन घरभित्रै रहेकी लेखकलाई आन्दोलनकारीले नै निकालेका थिए ।

दमको रोगी उनको आज साँझ ह्याम्स अस्पतालमा निधन भएको हो । लेखक सैनिक सुरक्षाबाट निस्केपछि आमाको उपचारमा थिए ।

Hams Hospitals