फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन, नामावली संकलन शुरु
वि.सं.२०८२ असोज ९ बिहीवार
2.6K
shares
shares
काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली पुनः सङ्कलन हुने जनाएको छ।
आगामी कात्तिक मसान्तसम्म मतदाता नामावली संकलन गर्ने निर्णय भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए।
प्रतिनिधि सभाको निर्वाचन फागुन २१ गते हुँदैछ। मतदान गर्न पाउने उमेर १८ वर्षबाट घटाएर १६ वर्ष बनाइएको छ।
आगामी फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने नागरिकले भोट हाल्न पाउने आयोगले जनाएको छ।

























