लघुकथा : वर्षा

1.8K
shares

 

 

 

लौ, आरी घोप्टे वर्षा सुरू भएछ ।

मौसमविद्हरूले जोखिमको पूर्वानुमान लगाए र सबैलाई सुरक्षित रहन भने ।

 

सुरक्षाकर्मीले माइकिङ गरे र उच्च सतर्कता अपनाउँन आह्वान गरे । वर्षा सुरू भए लगत्तै कहाँ-कहाँ, के-के हुने हो, भन्ने सबैमा कुतुहलता थियो ? एकाएक प्रकृतिको वितण्डा मच्चियो ।

 

प्रकृतिले धनी, गरिब, मैहुम भन्नेलाई पनि छाडेन । घर, गाडी, समान लगायत मानवीय एवम् भौतिक क्षति अगाध भयो । कतै नदीको बहावसँगै तैरिएको देखियो त कतै पहिरोले पुरेका खबर सुनियो ? पत्रकार समाचार सम्प्रेषणमा व्यस्त देखिन्थे । सबै नियाली रहेका प्रत्यक्षदर्शीबाट आवाज सुनियो । पहिलोले चर्किएर बोल्यो, ” एकपछि अर्को के को विध्वंस हो ? के हुन लागेको हो, नेपालाआ ?”

 

अर्कोले, “प्रकृतिसँग त कस्को के लाग्छ र ? यो प्रकोपले कति छारस्ट गर्ने हो, पत्तो छैन ? मानवीय क्षति कम गर्न आफैं सुरक्षित रहनु नै हितकर हुनेछ ।” उसले नम्र भावमा भन्यो ।

 

पहिलोले, ” पहिलाको घाउ ओभानो भएको छैन, दसैंको समय, बाढी, पहिरोले बाटो अवरुद्ध छ । कस्को कुदृष्टि लागेछ क्यार ।” विरक्तिएको स्वरमा उसले फेरि थप्यो ।

 

दोस्रोले सहानुभूति देखाउँदै, “दशा बाजा बजाएर आउँदैन भन्थे, हो रहेछ । सायद ! सहनशीलताको परीक्षा लिएका छन् भगवानले पनि ।” उनले लामो सुस्केरा तान्दै भन्यो

 

दुबैका कुरा सुनिरहेको तेस्रोले आशावादी स्वरमा भन्यो, ” दु:खमा नआत्तिनु सुखमा नमात्तिनु भन्थे बुढापाकाले, एकदिन कसो काँचुली नफेर्ला त देशले ?”

 

 

भूमिका गैरे तिमिल्सिना 

गैंडाकोट ४ नवलपुर

 

civil hospital
Hams Hospitals