सरुवा भएका उपसचिव र अधिकृतले अन्तरिम सरकारका मन्त्री पनि प्रभावमा पार्न थाले
वि.सं.२०८२ असोज २७ सोमवार
shares
काठमाडौं ।अघिल्लो सरकारको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले कुनै पनि स्थानीय तहमा निमित्त प्रशासकीय अधिकृत नराख्ने भन्दै काठमाडौंमा मस्ती मारिरहेका धेरै अधिकृत र उपसचिवलाई सरुवा गरेकी थिइन् । उनले गरेको सरुवा कार्यान्वयन हुन नपाउँदै जेनजी आन्दोलन सुरु भएर सरकार नै परिवर्तन भयो ।
अहिले जेनजीको नाम भजाएर तिनै काठमाडौंका रैथाने सुविधाभोगी कर्मचारीले मन्त्रालयमै मस्ती सरुवा मिलाईरहेका छन् ।सरुवा भएका ठाउँमा नगई मनपर्ने मन्त्रालयमा जाने प्रवृत्ति बढ्दै गएपछि मन्त्रालयभित्र नै असन्तुष्टि फैलिएको छ ।
दार्चुलाको शैलेश्वरी नगरपालिकामा सरुवा भएका उपसचिव राजकुमार कुँवरले उद्योग मन्त्री अनिलकुमार सिंहसँग साठगाठ गरी उद्योग मन्त्रालयमै आफ्नो सरुवा छन् । त्यस्तै, मुसिकोट, रुकुममा सरुवा भएकी रमिला भण्डारीले भूमि व्यवस्था मन्त्रालयमा सरुवा मिलाएकी छन् भने स्थानीय तहमा पठाईएकी ममता बास्तोला शिक्षा मन्त्रालयमा जाने तयारीमा छिन् ।
सरुवा प्रणालीलाई कमजोर पार्दै केही अधिकारीहरूले आफूलाई मनपर्ने मन्त्रालयमा जान खोज्ने क्रम बढेको देखिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको सरुवालाई उल्ट्याएर अन्य मन्त्रालयमा जाने प्रवृत्ति सामान्यजस्तै बनेको छ । झन् अन्तरिक सरकार बनेपछि त अवसरवादीहरुको चुरीफुरी बढेको छ ।
हाल संघीय मामिला तथा सामन्य प्रशासन मन्त्रालयको कर्मचारी प्रशासनमा रहेका उपसचिव भीमकान्त पौडेल सरुवा उल्टाउने कार्यमा अघिल्लो पक्तिमा रहेका छन् । एमालेको नाम भजाएर संघीय मामिला मन्त्रालयमा उनले कर्मचारी हेरफेर गर्दै अवैध आम्दानीको बाटो खोलेका थिए ।
पौडेलको टिमले पूर्वमन्त्री भगवती न्यौपानेको कार्यकालमा गरिएको सरुवालाई बदर गराउँदै आर्थिक प्रलोभनका आधारमा नयाँ सरुवा गराएको भन्ने गुनासो बढ्दो छ ।स्रोतका अनुसार, केही उपसचिवहरूले सचिवालय जाने नाममा अन्य मन्त्रालयमा सरुवा उल्ट्याउने क्रममा रकम र सिफारिसको चलखेल हुँदै आएको छ ।
यस विषयमा प्रतिक्रिया लिन खोज्दा भीमकान्त पौडेल सम्पर्कमा आएनन् ।
मन्त्रीले घुस ‘डिल’ गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा उपसचिव झनै रकमी



























