लघुकथा : गन्थन
वि.सं.२०८२ कात्तिक १ शनिवार
shares
छ्या ! कस्तो नराम्रो सपना ?
सखारै उठेर वस्तुभाउ, पानी पधेंरो, दैलोकुचो सकी । मनमनै अर्थ लगाउँन थाली, आखिर के होला त, केही भयत्रस्त पनि देखिन्थी ? बार्दलीमा बसेका बुढालाई आवाज लगाई, चिया लगेर दिई र आँफू पनि बुढाको छेऊ लागेर बसी ।
बुढा चियाको चुस्कीसँगै अखबारमा नजर डुलाउँदै थिए । ऊ अजमञ्जसमा परी, भनौं कि नभनौं । एकछिन घोरिई र सुरु गरी ।
सुन्नुहोस् न, ” आज मैले कस्तो विचित्रको सपना देखें ।” भयभित स्वरमा ऊ बोली ।
बुढा, ” के देख्यौं र तेस्तो विचित्र ?” स्नेह भावमा उनले सोधें ।
उसले सबै वृत्तान्त बताई “चारैतिर हल्लाखल्ला, धुवाँधुलो, सनसनीपूर्ण गुन्जाहट यस्तै- यस्तै । फेरी के अनिष्ट हुन लागेछ, के सुन्नु पर्ने हो ?”
बुढा, “सपनामा देखेका कुरा सबै कहाँ सत्य हुन्छन् र ? नडराऊ केही हुदैन ?” उनले सान्त्वना दिए ।
तैपनि उसको मन बेचैन थियो, त्यतिकैमा पल्लाघरे आमेई आवाज दिँदै भित्र पसिन्, ” के गरेछौं केटाकेटी हो, चियाखाजा भो ।”
आमेईलाई देखेर केही राहत महसुस गरी । उमेर,अनुभवमा अगाडि भएकाले सपना कही । उसको भावमुहार हेर्दै आमेईले भनिन्, “सुनिनस् इजरायलको घटना,नेपालको सुन्दर बगैंचा उजाडिएको । उनले खुइय गर्दै बिलौना पोखिन् ।
भूमिका गैरे तिमिल्सिना
गैंडाकोट ४ नवलपुर




























