लघुकथा : आघात

1.8K
shares

एक्कासी ! खङ्ग्रङ्ङ तर्सिएर बसेको ठाउँबाट उठे।

त्यो देखेर हरिकला डराई । “हैन, के भयो बुढा, किन ओठ मुख सुकाएको ?” उसले प्रश्न तेर्स्याई

 

तेरा बाजे, सुनिछैनस्,

” पल्लाघरमा एकैचोटी पटका पड्काएको आवाज, आफ्नो कानको जाली फुटे जस्तो छ । खाली स्वाँ मात्र गरिराछ ।” उनीले कर्कश पोखे

 

एकछिन फलाके, रिसाए पनि । फेरी आफ्नै धन्दामा लागे र मनमनै गुने, “लक्ष्मीपूजाको उत्सव त घर-घरमा बत्ती बालेर मनाइने उज्यालोको पर्व हो । मान्छेहरू किन कोलाहल मच्चाएर जोखिम मोल्न रूचाउँछन्, कुन्नी ?”

 

उनले आवाज दिइन् तर सुनेनन् । ” नजिकै गएर आज लक्ष्मीपूजा, सामग्री तयार छ, गाई पुज्न जानोस् ।” उनले भनिन्

 

केही नबोली पूजा सकेर पिँढीमा बसे अनि भन्न थाले, “कतै मेरो कान यत्तिकै हुने त होइन, यदि सन्चो भएन भने के हुन्छ ?” उनले बिलौना कहे

 

बुढी, ” बिस्तारै निको होला नि ! नआत्तिनुहोस् सब ठिक हुन्छ । उनले ढाडस दिइन् ।

 

माथ्लाघरा पड्काएका थिए क्यारे ! अरूको जे गर्यो त्यहीँ नक्कल गर्न सिपालु छन् । अरूको बुद्धिमा करोडपति हुनुभन्दा आफ्नो बुद्धिमा जोगी हुनु बेस । उनले चिच्च्याहट स्वरमा भने

 

दुबैका कुरा सुनिरहेका छिमेकी गहन भावमा बोले, ” बोल्नेको पिठो बिक्ने नबोल्नेको चामल कुहिने, जनधनको क्षति हुने गरी चाडपर्व मनाउँनु भएन नि ।”

 

भूमिका गैरे तिमिल्सिना 

गैंडाकोट ४ नवलपुर

 

civil hospital
Hams Hospitals