लघुकथा : विवाद
वि.सं.२०८२ कात्तिक १८ मंगलवार
shares
फेरि बोलेछ ।
जति सम्झाए नि भएन । नबोल( नबोल भन्यो, मान्ने होइन । फ्याट्ट बोलिहाल्छ अनि सबैको आँखाको तारो बन्छ । विकलले नरेशलाई भन्यो
बालापन देखिका मिल्ने साथी मित्रता प्रगाढ थियो । पढाइको सिलसिलामा काठमाडौंमा डेरा गरी बसेका थिए । घरको आर्थिक अवस्था कमजोर भएकाले बिहान कलेज र दिउँसो काममा जाने उनीहरूको दैनिकी बनेको थियो ।
नरेश खरो स्वभावको हुन्छ, अन्याय सहन सक्दैन । जे देख्यो त्यो बोल्छ, त्यसैले सानाठुला विवादमा परिरहन्छ । विकल, नरेशलाई हेर्दै, आज पार्टीमा जानुछ, तयार हो।
ऊ पुलकित भइ चिटिक्क परेको छ । दुबै सङ्गै निस्किए । पार्टीमा रमाइलो गर्दै नाच्ने,गाउने क्रममा उमाकान्तले होच्याएर नरेशलाई भन्यो, । अलि ढङ्गको नाच न, ताल न सुरको कस्तो नचाइ हो ।
नरेशले ढाप के मारेको थियो रु उमाकान्त जङ्गियो, ू मुख छाड्यो।
विकलले भेउ पाएन, भनाभनले उघ्र रूप लियो । नरेश झोकिएको देखेर के खोज्छस् काना रु आँखो, भनेझै अरूलाई भयो । उसलाई झगडा मिलाउँन हम्मेहम्मे पर्यो ।
भिडले उमाकान्तको समर्थन जनायो । विकलले, ओरालो लागेको मृगलाई बाच्छाले पनि खेद्छ, भन्दै उसको रिस शान्त गरायो ।
नरेश दोषी सावित भयो, उसको मनमा हुट्हुटी चल्यो, शक्तिको अगाडि घुँडा टेक्न बाध्य भयो ।
सबै प्रत्यक्ष नियाली रहेको अमितले मुख खोल्यो, कुरो र कुलो जता लग्यो उतै जान्छ, बिना गल्तीको सजाय, किन सबै स्याल झै खनिएका हँ ।
भूमिका गैरे तिमिल्सिना
गैंडाकोट ४ नवलपुर




























