Banner ad for NADA AUTO SHOW -2026

निष्ठा र सदाचार (कविता)

1.9K
shares

निष्ठाको बिऊ रोपौं मनभित्र,
सदाचारको फूल फुलोस् चरित्रभित्र।
शासनको बगैंचा सुगन्धित बनोस्,
इमानको सुगन्धले राष्ट्र उज्यालो होस्।

 

पद होइन, सेवा हो हाम्रो धर्म,
आचरण हो आत्माको मर्म
संस्कारले बनोस् नीति पवित्र,
व्यवहारले जोडोस् जन–हृदय चित्र।

 

 

भ्रष्टताको छायाँ हटोस् मनबाट,
पारदर्शिताको उज्यालो फैलोस् देशभर
कार्यशैलीमा इमानको राग बजोस्,
नागरिक हृदयमा विश्वासको दीप जलोस्।

 

 

जसको वाणीमा सत्य झल्किन्छ,
उसको कर्ममा राष्ट्र टल्किन्छ।
निष्ठा बने देशको मेरुदण्ड,
संस्कार बने शासनको गहना सुगन्ध।

 

 

व्यवहारमा आदर, निर्णयमा विवेक,
शासनमा न्याय, नीति बने नेक
कर्मको शुद्धता, विचारको ज्योति,
यही हो सुशासनको अमृतको रोटी।

 

 

पद होइन, प्रतिवद्धता हो पहिचान,
सेवा होइन, समर्पण हो साँचो मान
जब हरेक अधिकारी बने चरित्रवान,
त्यो दिन प्रशासन बन्नेछ जन–आशाको स्थान।

 

 

सुशासनको बाटो कठिन भए पनि,
सदाचारको फूल कहिल्यै मर्दैन।
निष्ठाको बीज जब हृदयमा पलाउँछ,
राष्ट्रको आत्मा स्वतः जाग्छ।

 

civil hospital
Hams Hospitals