बिस हाइकु

1.5K
shares

१.

लोभको जालो,

अंकमा कैद सत्य,

मौन अर्थविज्ञ।

२.

अँध्यारो बजार,

सिसाभित्र लुक्छ,

जनताको रगत।

३.

चुपचाप बग्छ,

डुबेको मुद्राको,

अन्तिम सासमा।

४.

फाटेको माटो,

सुनको धुवाँसँग,

बिक्छ राष्ट्रियता।

५.

कागजको सत्ता,

अपराध लेखिँदैन,

इतिहास रुन्छ।

६.

संख्या बोल्दैन,

तर ऋणको रेखा,

चिच्याउँदै हिँड्छ।

७.

चिरिएको सपना,

डालरको छायाँमा,

चुप लाग्छ सरकार।

८.

माटोले सोध्छ,

तिम्रो वाचा कहाँ छ ?

उत्तर— सुनसान।

९.

प्रश्नको घण्टी,

बजिरहेछ रातदिन,

बधिर छन् सिंहदरबार।

१०.

पुरानो संविधान,

माटोको आत्मा जस्तै,

पुकारिरहेछ।

११.

अंकको जङ्गल,

सत्य हरायो कतै,

छायाँ गन्तीमा।

१२.

मौन विद्वता,

कागजमा बाँधिएको,

डरको शिलालेख।

१३.

डुबेको मुद्रा,

नदीझैँ बग्छ राति,

को सुन्छ पीडा?

१४.

सुनको लोभले,

माटो रोइरहेछ,

बेचिँदै आत्मा।

१५.

अँध्यारो न्याय,

तल्लो स्वर चिच्याउँछ,

सुनिदैन माथि।

१६.

चिसो संसद,

अंकको खेलमै,

मानव हरायो।

१७.

खोक्रो भाषण,

भित्र लुकेको हुन्छ,

काँचो स्वार्थ नै।

१८.

प्रश्नको आँधी,

कसैलाई नडराए,

शून्यको शासन।

१९.

घडीले भन्छ,

अब त

जाग समय,

तर निद्रा गहिरो।

२०.

माटोले सोध्यो,

मेरो ऋण कसले तिर्छ?

उत्तर मौनता।

 

civil hospital
Hams Hospitals