दीर्घकालीन लोकतन्त्र स्थायित्वका लागि नेतृत्वका गुणहरू

29.4K
shares
Nabil bank

पछिल्ला केही दशकहरूमा भ्रष्टाचार, अस्थिरता, दलगत स्वार्थ र जनअपेक्षा विपरीतका निर्णयहरूले राजनीतिक प्रणालीप्रति आम नागरिकमा वितृष्णा पैदा भएको छ। जनताले प्रतिनिधिमार्फत शासन गर्ने लोकतान्त्रिक प्रणालीको सार नै कमजोर बन्दै गएको देखिन्छ। सुधारको सुरुवात नै राजनीतिक शुद्धता, पारदर्शिता, जवाफदेहिता र कानुनी शासनबाट हुनुपर्छ। पार्टीभित्र आन्तरिक लोकतन्त्रको अभ्यास, योग्य र निष्ठावान नेतृत्वको विकास तथा नीतिनिर्माणमा जनताको सक्रिय सहभागिता आवश्यक छ।

 

विश्वास पुनःस्थापनाको मार्ग जनता र नेताबीचको सम्बन्धलाई इमानदारी र उत्तरदायित्वमा आधारित बनाउनुपर्छ। जनतालाई सुन्ने, तिनका मुद्दा सम्बोधन गर्ने र परिणाममुखी नीति लागू गर्ने अभ्यास बढाउनु अत्यावश्यक छ। शिक्षित, सचेत र नैतिक नेताहरूको अभाव पूर्ति नगरेसम्म सुधारको प्रयास अपुरो रहन्छ। राजनीति केवल सत्तामा पुग्ने साधन होइन, सेवा र समर्पणको माध्यम हो भन्ने चेतना राजनीतिक नेतृत्वमा विकास गरिनु आजको मूल आवश्यकता हो। तबमात्रै नेपालको राजनीति जनहितमा समर्पित र विश्वासिलो बन्न सक्नेछ।

 

राजनीतिक सुधारको पहिलो कदम पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्नु हो। सरकारी निर्णय, खर्च र गतिविधिहरूलाई सार्वजनिक र निगरानी योग्य बनाउनुपर्छ। भ्रष्टाचार नियन्त्रणका लागि कडा कानुन, प्रभावकारी निगरानी र स्वतन्त्र आयोग आवश्यक छ। यसले जनता र सरकारबीच विश्वास पुनःस्थापित गर्छ।

 

निर्वाचन प्रक्रिया सुधार अत्यावश्यक छ। पारदर्शी, निष्पक्ष निर्वाचन प्रणाली, इलेक्ट्रोनिक मतदान र मतदाता शिक्षा कार्यक्रमले नागरिकलाई राजनीतिक प्रक्रियामा सहभागी बनाउँछ। समाजका सबै वर्ग—महिला, अल्पसंख्यक र पिछडिएका समूह—लाई समावेश गर्ने कानूनी र संस्थागत सुधारले लोकतन्त्रलाई बलियो बनाउँछ।राजनीतिक साक्षरता अभावले नागरिकलाई उदासीन बनाउँछ। जनतालाई उनीहरूको अधिकार, कर्तव्य र राजनीतिक प्रक्रिया बुझाउने शिक्षा आवश्यक छ। विद्यालय, विश्वविद्यालय र सञ्चार माध्यममार्फत जनचेतना फैलाउन सकिन्छ। संवैधानिक र कानुनी सुधारले पनि शासन प्रणालीमा स्थिरता र न्याय सुनिश्चित गर्न मद्दत गर्दछ।

 

सशक्त नेतृत्व नै लोकतन्त्रको मेरुदण्ड हो। नेता योग्य, इमानदार, दूरदर्शी र सक्षम हुनुपर्छ। निर्णय क्षमता, इच्छाशक्ति, नैतिकता, आत्मविश्वास, धैर्यता र जिम्मेवारी नेतृत्वका मूल गुण हुन्। नेताले आफ्ना अनुयायीको भावना बुझ्न सक्नुपर्छ र उनीहरूलाई प्रेरित गर्न सक्षम हुनुपर्छ। नेतृत्व केवल अधिकार प्रयोग होइन, अनुयायीको सहयोग र विश्वास प्राप्त गर्ने कला हो।

 

सच्चा नेता पारदर्शी, निष्ठावान, समाजसेवी र दूरदर्शी हुन्छ। उनी स्वार्थभन्दा माथि उठेर जनताको भलोको लागि निर्णय लिन सक्षम हुन्छन्। नेताले आफ्नो निर्णयको जिम्मेवारी बहन गर्नुपर्छ र कर्मचारिको योगदानलाई पनि सम्मान गर्नुपर्छ। कुशल नेतृत्वले संगठनात्मक उद्देश्य प्राप्त गर्न प्रेरित गर्दछ र समाजको विश्वास पुनःस्थापित गर्दछ।

 

नेपालमा अहिले राजनीति व्यक्तिगत लाभ र व्यापारको रूपमा परिणत भएको छ। नेताहरूले सार्वजनिक सेवा भन्दा स्वार्थ र पदका लागि काम गर्ने प्रवृत्ति देखाउँछन्। यसले राजनीतिमा अविश्वास र असन्तुष्टि सिर्जना गरेको छ। राजनीतिमा सेवा, त्याग र जनहितको भावना फर्काउन नै सुधारको वास्तविक उद्देश्य हो।पारदर्शिता, जवाफदेहिता, कानुनी शासन, कुशल नेतृत्व र जनसहभागिताले मात्र नेपालको लोकतन्त्र सशक्त, स्थिर र जनमुखी बन्न सक्छ। सुधार केवल नीति परिवर्तन मात्र होइन, व्यवहार, सोच र संस्थागत संस्कारमा रूपान्तरण ल्याउनु हो। जब नेतृत्वमा नैतिकता, इमान्दारी र जनहितको भावना आउँछ, तब लोकतन्त्रको वास्तविक शक्ति प्रकट हुन्छ।कुनै पनि लोकतान्त्रिक देशको सरकारको मुख्य उद्देश्य नागरिकको कल्याण र अधिकारको संरक्षण गर्नु हो ।यदि सरकारका क्रियाकलापमा भ्रष्टाचार, अनियमितता र अनधिकृत गतिविधिहरूको प्रभाव बढ्छ भने नागरिकको सरकारप्रति विश्वास घट्न सक्छ।

 

राजनीतिक सुधारका लागि सबैभन्दा महत्त्वपूर्ण उपाय पारदर्शिता र जवाफदेहीता सुनिश्चित गर्नु हो। सरकारका सबै क्रियाकलाप, निर्णय र खर्चको सार्वजनिक जानकारी उपलब्ध गराउनु आवश्यक छ। यसका लागि सार्वजनिक निगरानीका मापदण्ड र सरकारी अधिकारीहरूको कार्यक्षमतामा पारदर्शिता ल्याउनुपर्छ। यसले नागरिकलाई सरकारका प्रक्रियामा विश्वास जगाउन सहयोग पुर्याउँछ।

 

भ्रष्टाचार नियन्त्रण राजनीतिक सुधारको मुख्य खण्ड हो। सरकारी निकायहरूको निगरानी, कडा ऐनको कार्यान्वयन र भ्रष्टाचार विरोधी संस्थाहरूको सशक्तिकरणले समस्या समाधान गर्न सक्दछ। सशक्त र निष्पक्ष भ्रष्टाचार विरोधी आयोगले जनविश्वास पुनःस्थापित गर्न मद्दत पुर्याउँछ।

 

निर्वाचन प्रक्रियामा सुधार ल्याउनु पनि अनिवार्य छ। इलेक्ट्रोनिक मतदान प्रणाली, कडा निगरानी र मतदाता शिक्षा कार्यक्रमले मतदातासँग सरकारको सशक्त सम्बन्ध स्थापना गर्न मद्दत गर्छ। राजनीतिक प्रक्रियामा सबै वर्ग—महिला, अल्पसंख्यक र पिछडिएका समूह—लाई समावेश गर्ने कानुनी र संस्थागत सुधारले लोकतन्त्रलाई बलियो बनाउँछ।राजनीतिक साक्षरता अभावले नागरिकलाई उदासीन बनाउँछ। विद्यालय, विश्वविद्यालय र सञ्चार माध्यममार्फत जनतालाई अधिकार, कर्तव्य र राजनीतिक प्रक्रियाको ज्ञान दिनु जरुरी छ। संविधान र कानुनी सुधारले पनि शासनमा स्थिरता र न्याय सुनिश्चित गर्न सहयोग पुर्याउँछ।

 

सशक्त नेतृत्व नै लोकतन्त्रको मेरुदण्ड हो। नेता योग्य, इमानदार, सक्षम र दूरदर्शी हुनुपर्छ। उनी निर्णय क्षमता, इच्छाशक्ति, नैतिकता, आत्मविश्वास र धैर्यता राख्न सक्षम हुनु पर्छ। नेतृत्वले अनुयायीलाई प्रेरित गर्न, उनीहरूको भावना बुझ्न र संगठनात्मक लक्ष्यतर्फ समन्वय गर्न सक्नुपर्छ।

 

कुशल नेतृत्व बिना संगठनात्मक उद्देश्य हासिल गर्न सकिँदैन। नेतृत्व केवल अधिकार प्रयोग होइन, अनुयायीको सहयोग र विश्वास प्राप्त गर्ने कला हो। प्रभावशाली नेता आफ्नो भिजन स्पष्ट राख्न, अनुयायीहरूलाई जिम्मेवारी दिन र सबैको सम्मान गर्न सक्नुपर्छ। आफ्ना सहकर्मी र जनताको विश्वास जित्ने क्षमता भएको नेता नै लोकतन्त्रका लागि आवश्यक छ।नेतृत्व गुणमा निर्णय क्षमता, लचकता, सच्चरित्रता, आत्मविश्वास, स्वत्याग, निष्पक्षता र धैर्यता पर्दछन्। यी गुण भएका नेता मात्र सशक्त, स्थिर र जनमुखी लोकतन्त्रको निर्माण गर्न सक्दछन्।

 

नेतामा स्पष्ट भिजन हुनु अत्यावश्यक छ। उसले स–साना व्यवस्थापनका कुराहरू बुझ्न सक्नुपर्छ र आफ्ना कमजोरी तथा गल्ती स्वीकार गर्न सक्षम हुनु पर्छ। ईमान्दारीले अरूको विश्वास जित्न, चरित्र निर्माण गर्न र नेतृत्वमा सम्मान बढाउन मद्दत गर्दछ। ईमान्दार नेता गल्तीको जिम्मेवारी आफैं लिन्छ र अरूलाई आरोप लगाउँदैन। समाजको पीडा बुझेर त्यसअनुरुप कार्य गर्न दयालुता नेतृत्वको मुख्य गुण हो। बिचारप्रधान नेता आफ्नो व्यक्तित्वभन्दा बढी विचारले विश्वासनीय हुन्छ।

 

नेतृत्वमा आत्मविश्वास महत्वपूर्ण छ। आत्मविश्वास भाषण वा घोषणाबाट मात्र देखिँदैन; बिचार, जुझारुपना र व्यवहारले देखिन्छ। नेताले सही समयमा निर्णय लिन सक्नुपर्छ। अनुभव र विशेषज्ञको सल्लाहलाई विचार गरेर मात्र निर्णय लिनु आवश्यक छ। निर्णय क्षमता नेतृत्वलाई गति दिन्छ र टिमलाई निर्णय प्रक्रियामा सामेल गर्न सक्नु पनि नेतृत्वको गुण हो। नेताले अधिकार र शक्ति प्रयोग गर्न सक्नुपर्छ र अनुयायीको मनोवैज्ञानिक पक्ष बुझ्न सक्षम हुनु पर्छ।

 

एक कुशल नेतामा आकर्षक व्यक्तित्व, मानसिक तथा शारीरिक स्वास्थ्य, शान्त स्वभाव, उचित व्यवहार, परिश्रम र फुर्ती हुनु आवश्यक छ। नेताले समस्याको सामना आत्मविश्वास, सिर्जनशीलता र साहसका साथ गर्नुपर्छ। स्वभाव सन्तुलित, लोचदार र जिम्मेवार हुनुपर्छ। नेतृत्वमा अनुयायीसँग निकटता, समर्पण र विश्वास सिर्जना गर्नु जरुरी छ। नेताले व्यक्तिगत स्वार्थभन्दा सामूहिक हितलाई प्राथमिकता दिनुपर्छ।

 

समाज र नेतृत्वको सम्बन्ध अटुट छ। समाज जस्तो छ, त्यस्तै नेतृत्व पाउँछौं। नेतृत्व जन्मजात गुण, करिश्मा वा कानूनी वैधानिकता मार्फत आउन सक्छ। तर केवल कानुनी वैधानिकताले मात्र वास्तविक नेता जन्माउँदैन। नेपालमा राजनीति प्रायः व्यक्तिगत लाभ र व्यापारको रूपमा परिणत भएको छ। नेतामा पारदर्शिता, उत्तरदायित्व र जनहितप्रतिको प्रतिबद्धता अभाव छ। यसले जनविश्वास घटाएको छ र राजनीतिक प्रणाली कमजोर बनाएको छ।

 

साँचो नेतृत्व भनेको त्याग, सार्वजनिक सेवा र दीर्घकालीन सकारात्मक प्रभावमा आधारित हुनुपर्छ। नेताले व्यक्तिगत स्वार्थ भन्दा समाज र राष्ट्रको हितमा काम गर्नुपर्छ। पारदर्शिता, जवाफदेहीता र कानूनी शासनको पालनाले मात्र राजनीतिमा सुधार सम्भव छ। सुधार नीति परिवर्तन मात्र होइन, सोच, व्यवहार र संस्थागत संस्कारमा रूपान्तरण ल्याउनु हो। यस्तो सुधारले मात्रै सशक्त, स्थिर र जनमुखी लोकतन्त्र निर्माण गर्न सकिन्छ।

 

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x