सुनको मूल्य फेरि ह्वात्तै बढ्यो, हेर्नुहोस् कति पुग्यो आज
वि.सं.२०८२ पुस १८ शुक्रवार
1.4K
shares
shares
काठमाडौं । आज शुक्रबार सुनचाँदीको भाउ वृद्धि भएको छ । यस दिन सुनको भउ तोलाको २ हजार ९०० रुपैयाँले वृद्धि भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार हिजो बिहीबार तोलाको २ लाख ५९ हजार ६०० रुपैयाँ रहेको सुनको भाउ आज २ लाख ६२ हजार ५०० रुपैयाँमा उक्लिएको छ ।
यस दिन चाँदीको मूल्य ११० रुपैयाँले बढेर तोलाको ४ हजार ५२५ रुपैयाँ कायम भएको छ ।




























