सुनको मूल्य ह्वात्तै बढ्यो, हेर्नुहोस् कति पुग्यो आज
वि.सं.२०८२ माघ २० मंगलवार
909
shares
shares
काठमाडौं । सुनचाँदीकाे मूल्यमा सामान्य वृद्धि भएकाे छ । साेमबारकाे तुलनामा सुनकाे भाउ ताेलाकाे ३७ सयले बढेकाे हाे भने चाँदीकाे मूल्य ताेलामा १ सय ३५ रुपैँयाले बढेकाे हाे ।
ताेलामा ३७ सयले बढेर २ लाख ९० हजार ३०० सय कायम भएकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे छ । यस्तै, १ सय ३५ ले बढेर ताेलाकाे ५ हजार ३३५ कायम भएको छ ।
सोमबार एक तोला छापावाल सुन २ लाख ८६ हजार ६०० सय र चाँदी ५ हजार २०० मा खरिदबिक्री भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६८७ र त्यति नै परिमाणको सेतो धातु ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।


























