सुनको मूल्य बढ्यो, हेर्नुहोस् कति पुग्यो आज

1.2K
shares

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। अन्तर्राष्ट्रिय बजारको प्रभावका कारण स्थानीय बजारमा सुनको भाउ तोलामा ९ हजार ५०० रुपैयाँले वृद्धि हुँदै पुनः ३ लाख रुपैयाँ नाघेको हो।

 

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ३ लाख ५०० रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन शुक्रबार सुन प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो। उक्त दिन सुनको मूल्य तोलामा ४ हजार २०० रुपैयाँले घटेको थियो।

 

 

चाँदीको मूल्य पनि बढेको छ। आइतबार चाँदी तोलामा ३०० रुपैयाँले वृद्धि भई प्रतितोला ५ हजार १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। शुक्रबार चाँदी प्रतितोला ४ हजार ७१० रुपैयाँमा कारोबार भएको थियो।

civil hospital
Hams Hospitals