चावहिल मालपोतमा सेवाग्राही चुस्नेको चर्तिकला

3.7K
shares

काठमाडौँ । चावहिलस्थित मालपोत कार्यालयमा सेवाग्राही ठगिने क्रम अझै नरोकिने गुनासो बढ्दो छ। तत्कालीन प्रमुख दिपेन्द्र खत्रीको कार्यकालमा अवैध आर्जन र सेटिङको जालो मौलाएको आरोप लाग्दै आएको थियो । पटक–पटक विवादमा तानिएपछि उनलाई सरुवा गरिएको भए पनि कार्यालयको कार्यशैलीमा उल्लेख्य सुधार नआएको सेवाग्राहीहरू बताउँछन् ।

अकुत आम्दानी हुने मानिने यो कार्यालयमा तलदेखि माथिसम्म मिलेमतो हुने गरेको आरोप नयाँ होइन। काम छिटो गरिदिने नाममा अतिरिक्त रकम असुल्ने, नदिए काम अड्काउने र सेवाग्राहीलाई अनावश्यक झन्झटमा पार्ने प्रवृत्ति पुरानै चलनजस्तै बनेको गुनासो छ ।

खत्री सरुवा भए पनि उनले मिलाएर राखेका केही कर्मचारी अझै प्रभावशाली रूपमा सक्रिय रहेको आरोप सेवाग्राहीको छ । नायब सुब्बा धनबहादुर खड्का, मेघराज तथा कम्प्युटर शाखामा कार्यरत सोम थिङ तामाङ कार्यालयका ‘मुख्य ऐजेरु’ जस्तै भएको एक सेवाग्राहीले बताए। उनका अनुसार काम अगाडि बढाउन माथिसम्म बुझाउनुपर्छ भन्ने संकेत दिँदै रकम माग्ने गरिएको छ ।

अघिल्लो साता कार्यालय पुगेका एक सेवाग्राहीले भने, ‘कामका लागि पटक–पटक धाउनुपर्छ । फाइल अघि बढाउन सुब्बा र कम्प्युटर शाखामा नै अड्काइन्छ । रकम नदिँदा काम रोकिने अवस्था छ ।’

 

सेवाग्राहीहरूका अनुसार तत्कालीन प्रमुखको पालामा बनेको सेटिङ संरचना अझै यथावत् छ । सम्बन्धित निकायले निष्पक्ष छानबिन गरी सेवाग्राहीमैत्री वातावरण बनाउनुपर्ने माग बढिरहेको छ ।

 

यो पनि पढ्नुहोस् छुटाउनु भयो की:

मालपोत चाबहिलमा काज अराजकता: अवैध लेनदेन सहज बनाउने खेल

civil hospital
Hams Hospitals