उप्रेतीका बिस हाइकुहरू

210
shares

निसासिएको मन
गरिबीको चिसो रात
आँखा टोलाउँछन्।


एकल आमा रोए
छाप्राको भित्र जीवन
आशा टुट्दैन।


ठेला र फुटपाथ
सपना बेचेर बाँच्ने
शहर निर्दयी।


आँसुको व्यापार
शरीर साटिन्छ यहाँ
चुप शहर बस्छ।


स्त्रीको मौनता
भीडभित्र चिच्याउँछ
कसैले सुन्दैन।


मन्त्रीको गाडी
अत्तरको ढोका भित्र
अन्धो समाज।


रातो घाम झैँ छ
लाज र डरको खेलमा
स्त्री हराउँछ।


एप्स्टिनको छायाँ
यहाँ पनि दोहोरिन्छ
शक्तिको खेल।


डरले भरिएको
पाठेघर बोकेका जीवन
शहर भाग्छ।

१०
एटम बम जस्तै
स्त्रीभित्र मौन शक्ति
कसले बुझ्छ।

११
काठमाडौं शहर
आँसु निल्ने राक्षस
मानव हराउँछ।

१२
बालबालिका चिच्याए
गल्लीहरू चुप बस्छन्
न्याय टाढा।

१३
महायुग भित्र
स्त्रीशक्ति उठिरहेछ
डर टुट्दैछ।

१४
प्रकृतिको स्वर
कहिले हरियो गीतमा
मन हराउँछ।

१५
नदी किनारमा
जीवनको कथा बग्छ
पीडा बग्छ।

१६
वेदना पछि
दार्शनिक मोड आयो
विश्व टुट्यो।

१७
जुजुमान सम्झेँ
कथा पुरानै घाउमा
समय रोयो।

१८
महाभारत झैँ
आजको युद्ध भित्रै
मानव हरायो।

१९
तन्त्र मन्त्र भित्र
न्याय खोज्ने समाज
अन्धो विश्वास।

२०
सत्य खोज्दा पनि
काल्पनिक मोड आयो
मन चिच्यायो।

 

civil hospital
Hams Hospitals